Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीमाथि मानव अधिकार आयोगको सोधपुछ, दुई घण्टाभन्दा बढी बयान

ओलीमाथि मानव अधिकार आयोगको सोधपुछ, दुई घण्टाभन्दा बढी बयान

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते भएको जेनजी प्रदर्शनलाई केन्द्रमा राख्दै निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ ।

आयोगको कार्यालयमा आइतबार उपस्थित गराइएका ओलीसँग साढे दुई घण्टाभन्दा बढी समय बयान लिइएको हो ।

आयोग स्रोतका अनुसार ओलीसँग करिब ३५ वटा प्रश्न सोधिएको थियो । ती प्रश्नहरू जेनजी प्रदर्शनका क्रममा राज्यको भूमिका, सुरक्षा संयन्त्रको परिचालन, निर्णय प्रक्रिया तथा त्यसबेला ओलीको पदीय जिम्मेवारीसँग सम्बन्धित थिए ।

यस्तै गत भदौ २३ र २४ गतेका घटनासम्बन्धमा छानबिनका लागि बनेको जाँचबुझ आयोगलाई पनि ओलीले लिखित जवाफ दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077