Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगसमक्ष ओलीले दिए लिखित स्टेटमेन्ट

जाँचबुझ आयोगसमक्ष ओलीले दिए लिखित स्टेटमेन्ट

आइतवार , पौष २०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ पेस गरेका छन् ।

आयोगसम्बद्ध स्रोतका अनुसार ओलीले आयोगलाई औपचारिक रूपमा लिखित स्टेटमेन्ट बुझाएका हुन् ।

आयोगको टोली ओली निकटका व्यक्तिहरूको संकेत र समन्वयअनुसार पत्र लिएर उनलाई भेट्न गएको थियो ।

सो क्रममा ओलीले मौखिक बयान दिनुको सट्टा लिखित रूपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए।

यसअघि जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओलीले सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077