Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रनिङ सिल्डको खुसी शोकमा बदलियो, जिप दुर्घटनामा दुई विद्यार्थीको मृत्यु

राष्ट्रपति रनिङ सिल्डको खुसी शोकमा बदलियो, जिप दुर्घटनामा दुई विद्यार्थीको मृत्यु

आइतवार , पौष २०, २०८२

रोल्पा । रोल्पामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी भई फर्किरहेका विद्यार्थी सवार जिप दुर्घटना हुँदा दुई बालबालिकाको ज्यान गएको छ भने नौ जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर सोही पालिकाको वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप मंगलबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीकी १२ वर्षीया दिपा पुन र १२ वर्षीय सुनिल विकको मृत्यु भएको रोल्पा प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका नौ जना विद्यार्थीको अवस्था गम्भीर रहेको जनाइएको छ। रोल्पा प्रहरी प्रमुख बिरेन्द्रबिर विश्वकर्माका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा राति नै उद्धार गरी घाइतेहरूलाई सुलिचौर पुर्‍याइएको थियो। थप उपचारका लागि उनीहरूलाई बुटवल रिफर गरिएको छ।

एकै गाउँका दुई कलिला बालबालिकाको असामयिक निधनले स्युरी गाउँ शोकमा डुबेको छ। खेलकुदको खुसी बोकेर घर फर्कँदै गरेका विद्यार्थीहरूलाई दुर्घटनाले छिनभरमै पीडामा बदलिदिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077