Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्राफिक प्रहरी घाइते बनाउँदै फरार भएका कार चालक चितवनबाट पक्राउ

ट्राफिक प्रहरी घाइते बनाउँदै फरार भएका कार चालक चितवनबाट पक्राउ

शनिवार , पौष १९, २०८२

मकवानपुर । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५, गर्दोई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन् । घटना बिहीबार राति करिब पौने ८ बजे हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित सडकमा भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले नियमित सवारी चेकजाँच गरिरहेको क्रममा नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा ६ च ८४०९ नम्बरको कार रोकेको थियो ।

ट्राफिक प्रहरीले ब्रेथलाइजर मेसिन प्रयोग गरी मापसे जाँच गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी तीव्र गतिमा गाडी चलाएर भागेका थिए।

सो क्रममा ब्रेथलाइजरसहित ड्युटीमा रहेका प्रहरी जवान कारमा अड्किएर करिब १० मिटर घिसारिँदा घाइते भएका थिए।

घटनालगत्तै फरार रहेको कारको खोजी तीव्र बनाएको प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट उक्त कार फेला पारेको हो । सोही स्थानबाट चालक आचार्यलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले चालकको कारबाट मापसे चेकजाँचमा प्रयोग गरिएको ब्रेथलाइजर मेसिनसमेत बरामद गरेको छ। चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077