Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेमन ट्री होटेलको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने पाँचजना पक्राउ

लेमन ट्री होटेलको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने पाँचजना पक्राउ

बिहिवार , पौष १७, २०८२

काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री होटेलमा रहेको गरुढ क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले क्यासिनोमा प्रयोग हुने चिप्ससहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ का ६५ वर्षीय पशुपति खड्का, महोत्तरी बर्दिबास नगरपालिका–८ का ४६ वर्षीय दयाराम राना, काठमाडौं बौद्धका ५३ वर्षीय भरतराज पौडेल, दोलखाको मेलुङ गाउँपालिका–२ का ४० वर्षीय सन्तोष भण्डारी तथा खोटाङ गाउँपालिका–७ का २४ वर्षीय गणेशबहादुर मगर रहेका छन्।

नेपालीहरूलाई रकम डिपोजिट गर्न लगाउने, जुवा खेल्न प्रयोग हुने विभिन्न दरका चिप्स उपलब्ध गराई जुवा खेलाउने गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र क्यासिनोसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077