Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनसनरत निकोलस भुसालसँग वार्ता गर्दै सरकार, चार सदस्यीय समिति गठन

अनसनरत निकोलस भुसालसँग वार्ता गर्दै सरकार, चार सदस्यीय समिति गठन

बिहिवार , पौष १७, २०८२

काठमाडौं । केही दिनदेखि अनसनरत डा. निकोलस भुसालसँग सरकारले औपचारिक वार्ता गर्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले डा. भुसालसँग संवादका लागि चार सदस्यीय वार्ता समिति गठन गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य रहेका छन्।

प्रधानमन्त्री कार्कीको राजीनामासहित विभिन्न माग राख्दै डा. भुसाल माइतीघर मण्डलामा अनसनरत रहेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि बुधबार उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077