काठमाडौं । विभिन्न मागसहित ९ दिनदेखि माइतीघर मण्डलामा अनसनरत डा. निकोलस भुसाललाई अस्पताल लगिएको छ ।
भुसाललाई नेपाल चिकित्सक संघको पहलमा बुधबार दिउँसो उपचारका लागि वीर अस्पताल लगिएको हो ।
संघले केही दिनअघि नै भुसालको अवस्था खराब बन्दै गइरहेको भन्दै जीवन रक्षाका लागि माग गरेको थियो ।
भुसालले प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचार अन्त्य, जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न, विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार प्रदान गर्न, लगायतका माग अनसन सुरु गरेका थिए ।
तर, अनसन बसेको ९ दिनसम्म पनि सरकारको कुनै चासो देखाएको छैन ।
भुसालले भने माग पुरा नभएसम्म आफू अनसन नतोड्ने अडान राख्दै आएका छन् ।