Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बादल लक्षित गोकुल बास्कोटाको कटाक्ष : रुख–सूर्य मिलेपछि चुनाव लडे भो त !

बादल लक्षित गोकुल बास्कोटाको कटाक्ष : रुख–सूर्य मिलेपछि चुनाव लडे भो त !

बुधवार , पौष १६, २०८२

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई लक्षित गर्दै पटक–पटक समानुपातिक सांसद बन्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

नाम नलिइकन सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका बास्कोटाले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनाव लड्न बादललाई चुनौतीसमेत दिएका हुन् ।

बास्कोटाले फेसबुकमा लेखेका छन्, 'समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो। अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ— पटके समानुपातिकले। समावेशीताकै बेइज्जत नगर के— त्यो पनि पुरुषले ।'

मंगलबार एक कार्यक्रममा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मोर्चाबन्दी गरेर चुनाव लड्नुपर्ने अभिव्यक्ति दिएका थिए । बादललाई एमालेले समानुपातिक सूचीमा राखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077