Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि, बालेन र कुलमानको एकता कुखरा, बाख्रा र स्यालको मोर्चाबन्दी: ओली

रवि, बालेन र कुलमानको एकता कुखरा, बाख्रा र स्यालको मोर्चाबन्दी: ओली

मंगलवार , पौष १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको राजनीतिक एकतालाई लक्षित गर्दै बाख्रा, कुखुरा र स्यालको मोर्चाबन्दीले बाघको मुकाबला गर्न नसक्ने टिप्पणी गरेका छन् ।

ओलीले एमालेलाई सिंहको रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई कुखुरा, बाख्रा र स्यालको संज्ञा दिँदै राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड रहेको टिप्पणी गरेका हुन् ।

मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भने- 'यसो हेर्दा, विशाल एमाले देखेपछि, तिमी र म मिलौँ भनेको छ । ऊ सँग पनि मिलौँ भनेको छ । अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ रु मुकाविला हुन्छ रु दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नका लागि दुब्लाले एकताका कुरा गर्दछन् ।'

ओलीले कांग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबी समेत गरे ।

ओलीले थप भने- 'एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले । घरैमा प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं । हामी चुनाव पर्खिरहेका छौं।'

देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077