काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै निर्वाचन चिह्नबाट चुनाव लड्ने भएका छन् ।
आगामी निर्वाचनमा यी तीनै दलले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न जाँतोबाट चुनाव लड्न लागेका हुन् ।
तिनै दलबीच मङ्सिर १० एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।
उक्त सहमतिअनुसार तीनै दलका नेताहरूले एउटै चुनाव चिह्न प्रयोग गर्ने गरी निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् ।