काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसअघि सांसद भइसकेका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नगरिने निर्णय भएको हो ।
आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन हो । देशभरका निर्वाचन क्षेत्रबाट आएका नामहरुमा शीर्ष नेताहरुले होमवर्क गरिरहेको र त्यसमा नयाँलाई समेटेर जाने निर्णय हुने पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर आयोगले तोके अनुसार आइतबार ९हिजो० र सोमबार ९आज० का लागि समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका रहेको छ ।
यसअघि नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले २०६४ यता समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको थियो ।