काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को परामर्श समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको छ ।
राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बैठक बोलाएका हुन् ।
बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ ।
राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सीटमा आगामी माघ ११ गते चुनाव हुँदै छ ।
नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले सिटको भागबण्डा गरेर राष्ट्रिय सभा निर्वाचनमा जाने तयारी गरिरहेका छन् ।
त्यसमा काँग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर जान एमाले सहमत भइसकेको छ।