Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची

चार राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची

सोमवार , पौष १४, २०८२

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ अहिलेसम्म चार दलले बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार पहिलो दिन आइतबार ३ दल र आज थप एक दलले बन्दसूची बुझाएका हुन् ।

अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।

आयोगकाका अनुसार साँझ ४ बजेसम्म आयोग परिसरभित्र प्रवेश गरिसकेका दलले प्रक्रिया पूरा नहुन्जेलसम्म बन्दसूची पेश गर्न पाउनेछन् ।

समानुपातितर्फ निर्वाचनका लागि १९३ दलले आयोगमा दल दर्ता गराएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077