Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन दलले आयोगमा बुझाए समानुपातिकको बन्द सूची

तीन दलले आयोगमा बुझाए समानुपातिकको बन्द सूची

आइतवार , पौष १३, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्।

आज दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका हुन्।

तीनवटा राजनीतिक दलले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनले भने- 'आज यति वेलासम्म ३ वटा राजनीतिक दलहरूबाट जम्मा १३४ जनाको बन्दसूची यहाँ भेरिफाइड भइसकेको छ। आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहका लागि तयार छौँ।'

बन्दसूची पेश गर्न आइतवार र सोमवार समय तोकिएको छ।  उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकाले समय थप हुन नसक्ने र सोमवार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने समेत बताए।

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे। आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनको बताए ।

उनले संशोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए । उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले–नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077