Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ४८ अंकले बढ्यो, कारोबार रकम साढे पाँच अर्ब

नेप्से ४८ अंकले बढ्यो, कारोबार रकम साढे पाँच अर्ब

आइतवार , पौष १३, २०८२

काठमाडौं । आज नेपाली शेयर बजारमा उछाल आएको छ ।

आज शेयर बजार मापक नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेको हो ।

शेयर बजार  १ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदा बजार बिन्दू २ हजार ६ सय ३३ दशमवल ४२ अंकमा रोकिएको छ ।

कुल १ करोड ३४ लाख ८१ हजार १ सय ४५ कित्ता शेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये २३८ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् भने २१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

जसअनुसार मिड सोलु हाइड्रो पावर लिमिडेडको सेयर मूल्य ९.४९ प्रतिशतले बढ्यो। जसको अन्तिम कारोबार मूल्य ८७४ रुपैयाँ रह्यो। यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नेगेटिभ सर्किट लाग्यो। अर्थात विन नेपालको मूल्य १० प्रतिशतले घट्यो। विन नेपालको अन्तिम कारोबार मूल्य १‚६६२ रुपैयाँमा अडियो।

सबैभन्दा बढी निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटेल तथा पर्यटनलगायतका सूचक बढेका छन्।

जसअनुसार वाणिज्य बैंक समूहको १.६६ प्रतिशत‚ विकास बैंक २.२८‚ फाइनान्स २.७०‚ होटेल तथा पर्यटन १.३८‚ जलविद्युत् १.९८, लगानी १.९९‚ जीवन बिमा १.९२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.३८‚ म्युचुअल फन्ड ०.९८‚ निर्जीवन बिमा १.७०‚ अन्य २.५५ तथा व्यापार ०.७२ प्रतिशतले बढे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077