काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.९४ अंकले बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा ०.२५ प्रतिशतले बढेको नेप्से २७१८.१६ विन्दुमा अडिएको हो।
नेप्सेमा आज ३३४ कम्पनीको ४५ हजार ६५ पटकको कारोबारमा ६६ लाख ८४ हजार सात कित्ता सेयर किनबेच भए। जसअनुसार दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको कारोबार भयो।
बुधबार भने तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँको कारोबार भएको थियो।
आज १५५ कम्पनीका सेयरमूल्य बढे। १०२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहका कारोबार भएकामा आठ समूहका उपसूचक बढे भने बाँकी पाँच समूहका उपसूचक घटे।
जसअनुसार आज वाणिज्य बैंक समूहको सूचक ०।३३ प्रतिशत र विकास बैंक समूहको सूचक ०।२९ प्रतिशतले बढ्यो।
फाइनान्स समूहको उपसूचक ०.०८ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहको उपसूचक ०.२० प्रतिशत र जलविद्युत् समूहको उपसूचक ०.०० प्रतिशतले बढ्यो। यस्तै लगानी समूहको उपसूचक ०.०७ प्रतिशतले घट्यो भने जीवन बिमा ०.३० प्रतिशतले बढ्यो।
यसैगरी उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.०८ प्रतिशतले घट्दा लघुवित्त ०.३५ प्रतिशतले बढ्यो। म्युचुअल फन्ड ०.१६ र निर्जीवन बिमा ०.५६ प्रतिशतले घट्यो। अन्य समूहको उपसूचक ०.८३ प्रतिशत र व्यापार समूहको उपसूचक १.५७ प्रतिशतले बढ्यो।
आज स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १२.१९ प्रतिशतले आम्दानी गरे। यस्तै फर्वार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.२४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। एनआरएनको बिहीबार १७ करोड ६८ लाख ३३ हजार ३६९ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। मंगलबार यसको चार लाख चार हजार १३३ कित्ता सेयर किनबेच भएको थियो भने बुधबार पाँच लाख १३ हजार १६३ कित्ता कारोबार भएको थियो। आज बिहीबार भने नेसनलको पाँच लाख २६ हजार ६८२ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २७३ रुपैयाँ कायम रह्यो।