Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८.७८ अंकले बढ्यो नेप्से, साढे तीन अर्बको कारोबार

८.७८ अंकले बढ्यो नेप्से, साढे तीन अर्बको कारोबार

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.७८ अंकले बढेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा ०.३२ प्रतिशतले बढेको नेप्से २७१२.८६ विन्दुमा अडिएको हो। 

आज ३३५ कम्पनीको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भए। जसअनुसार तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको कारोबार भयो। सोमबार भने चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर बजारमा आज १६२ कम्पनीका सेयरमूल्य बढे। ९० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सात समूहका उपसूचक बढे भने बाँकी ६ समूहका उपसूचक घटे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.४३ प्रतिशतले बढ्यो। विकास बैंक ०.०४‚ फाइनान्स ०.१२ र होटेल तथा पर्यटन समूहको उपसूचक ०.०५ प्रतिशतले घट्यो। जलविद्युत् १.०२‚ लगानी ०.१८‚ जीवन बिमा ०.१० र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.६३ प्रतिशतले बढ्यो। लघुवित्त ०.२१ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूह भने ०.४४ प्रतिशतले बढ्यो।

निर्जीवन बिमा समूहको सूचक ०.१२ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.०८ प्रतिशतले बढ्यो। व्यापार समूहको उपसूचक भने ०.२९ प्रतिशतले घट्यो।

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ११.१६ प्रतिशतले आम्दानी गरे। यसैगरी फर्वार्ड माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। आज सोलुको २३ करोड ५७ लाख १६ हजार ५२२ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। मंगलबार यसको चार लाख चार हजार १३३ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २८२ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077