Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्साको मनिहर्वा चोकबाट ९ केजीभन्दा बढी गाँजासहित दुईजना पक्राउ

पर्साको मनिहर्वा चोकबाट ९ केजीभन्दा बढी गाँजासहित दुईजना पक्राउ

शनिवार , पौष १२, २०८२

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट सशस्त्र प्रहरीले शनिबार ९ केजी ३०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने मनिहर्वा चोकमा सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले दुई वटा मोटरसाइकलमा सवार व्यक्तिहरूलाई शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ सबैठवा निवासी ४३ वर्षीय रविन्द्र महतो र भारत बिहार राज्यको बेतिया जिल्लाको झुक घर भएका ३७ वर्षीय अशोक महतो रहेका छन्।

सशस्त्र प्रहरीले रविन्द्र सवार बीआर २२ यू ११७८ नम्बरको मोटरसाइकलको डिक्कीबाट ५ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। त्यसैगरी अशोक सवार बीआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ४ किलोग्राम ३०० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

गाँजा फेला परेपछि दुवै मोटरसाइकलसहित चालकद्वयलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077