Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै दल निर्वाचनका लागि तयार, तर वातावरण बनेको छैन : सभापति देउवा

सबै दल निर्वाचनका लागि तयार, तर वातावरण बनेको छैन : सभापति देउवा

शनिवार , पौष १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका सबै प्रमुख राजनीतिक दल आगामी निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनका अनुसार कांग्रेस, नेकपा एमाले लगायत सबै दल निर्वाचनका लागि सहमत भए पनि हालसम्म चुनावी वातावरण बन्न नसकेको छ । निर्वाचन सफल बनाउन सरकारको मुख्य जिम्मेवारी वातावरण निर्माण र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु रहेको उनले जोड दिए ।

सभापति देउवाले भने, 'सबै पार्टीहरू चुनावमा जान तयार छन् । कांग्रेसलगायत सबै पार्टी तयार छन् । तर, वातावरण बनिसकेको छैन । वातावरण बनाउनुपर्छ र सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि तयार छ ।'

बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको तयारी र दलहरूबीच आवश्यक सहकार्यबारे छलफल भएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077