Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबीच पनि भेटवार्ता

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबीच पनि भेटवार्ता

शनिवार , पौष १२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भेट्न खनाल शनिबार शीतलनिवास पुगेका थिए। भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको बताइएको छ।

भेटवार्तामा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नेलगायतका विषयमा छलफल भएको खनाल सचिवालयले जनाएको छ।

दलहरूले निर्वाचनको वातावरण नबनेको बताउँदै गर्दा राष्ट्रपति पौडेलले महत्वपूर्ण समन्वयको भूमिका खेल्दै आएका छन्।

यसअघि आजै राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था, समयमै निर्वाचन गराउने विषयमा करिब एक घण्टा भेटवार्ता छलफल भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077