काठमाडौं । जेनजी आन्दोलनका कारण सत्ता गुमाएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा तीन शीर्ष नेतासँग आयोजना गर्न लागेको छलफलमा सहभागी हुन ओली दिउँसो त्यहाँ जाने कार्यक्रम रहेको छ । समसामयिक राजनीतिक परिस्थिति, आगामी रणनीति र राष्ट्रिय मुद्दाहरूमा शीर्ष नेताबीच छलफल हुने बताइएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उद्धार गरिएको थियो। सो घटनापछि उनले प्रधानमन्त्री पद गुमाएका थिए।
त्यसको साढे तीन महिनापछि ओली पुनः बालुवाटार पुग्न लागेका हुन् ।