काठमाडौं। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन् ।
नियमित महाधिवेशन नहुने संकेत देखिएपछि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित बुझाएकाहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण पत्र बुझाएका हुन्।
गत असोज २९ गते विशेष महाधिवेशन पक्षधरले २४ सय ८८ को हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाएका थिए। । तर सभापति खड्काले निर्वाचनपछि मात्रै महाविधेशन गर्ने अडान लिएका थिए ।
महाविधेशन पक्षधरको निरन्तर दबाबपछि मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पुस २८ गतेबाट नियमित महाविधेशन गर्ने कार्यतालिका ल्याएको थियो ।
पुस २६ गतेका लागि तोकिएको महाधिवेशन कार्यतालिका अघि नबढेपछि विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाएका हुन्।
विशेष महाधिवेशन पक्षले यसअघि नियमित महाविधेशनका लागि तोकिएको पुस २८ को मितिमै विशेष महाधिवेशन गर्नुपर्ने अडान कायम राखेका छन् ।
‘हामी पुनः स्पष्ट पार्न चाहान्छौँ– विशेष महाविधेशन, महाविधेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । विधानले तोकेको समयसीमा ‘‘तीन महिना’’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाविधेशन अनिवार्य रुपमा सम्पन्न गर्नैपर्छ । अतः विधानको धारा १७९२० बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न र अबिलम्ब विशेष महाधिवेशन प्रक्रिया अगाडी बढाउन जोडदार माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।
