Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसदका उम्मेदवारले ‘शैक्षिक योग्यता’ सार्वजनिक गर्नुपर्ने

सांसदका उम्मेदवारले ‘शैक्षिक योग्यता’ सार्वजनिक गर्नुपर्ने

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उम्मेदवारले पहिलोपटक निर्वाचन आयोगमार्फत् शैक्षिक योग्यता सार्वजनिक गर्नुपर्ने भएको छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो प्रस्ताव गरिएको हो ।

निर्वाचन आयोगले आगामी २१ फागुनलाई निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता तयार पार्दै निर्वाचन प्रचारमा प्रयोग हुने परम्परागत साधनदेखि आधुनिक साधन, विधि र प्रविधिसम्बन्धि व्यवस्थासमेत सार्वजनिक गरेको छ ।

आयोगले पहिलोपटक उम्मेदवारको शैक्षिक योग्यता संकलन गरेर आयोगको वेभसाइटमार्फत् सार्वजनिक गर्ने व्यवस्था आचारसंहितामार्फत् प्रस्ताव गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि तयार निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक गर्दै आयोगले निर्वाचन प्रचारप्रसारमा परम्परागत सामग्रीसँगै विद्युतीय सामग्री र सूचना प्रविधि प्रयोग गर्न अनुमति दिँदै दुष्प्रचार र ‘हेट स्पिच’ प्रयोग गरिनु आचारसंहिताविपरित हुने जनाएको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता मस्यौदामा दुष्प्रचार, प्रविधि दुरुपयोग र वातावरणविरोधी प्रचारलाई आयोगले कडाइँसाथ रोक्ने नीति लिएको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077