Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष ओलीको दाबी– निष्पक्ष चुनाव भए एमालेले बहुमत ल्याउँछ

अध्यक्ष ओलीको दाबी– निष्पक्ष चुनाव भए एमालेले बहुमत ल्याउँछ

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् ।

पार्टीको ११औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको वातावरण बने एमाले बहुमतसहित चुनाव जित्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले भने- हामी जस्तो परिस्थिति आउँछ, त्यसरी नै जाने हो । यदि सरकारले निर्वाचनको वातावरण बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ, बहुमत ल्याउँछौँ र चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनावको पर्खाइमा छौँ । तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन ।

उनले स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित निर्वाचन होस् भन्ने एमालेको चाहना रहेको उल्लेख गर्दै सरकारमा त्यसप्रति आवश्यक जिम्मेवारीबोध नदेखिएको टिप्पणी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077