काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास हुँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।
बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने- 'त्रासको अवस्थामा हामीमाथि टार्गेट थियो । त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले । घरबाट बाहिर ननिस्क भन्या त हो नि'
ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिएका तर, पार्टी महाधिवेशनमा खटिएका कुनै स्वयंसेवकको छेउमा पुग्दा खैनी समेत गनाएको नभेटिएको जिकिर गरे।
उनले भने- 'देशका चर्चित भनिएका मान्छेहरू नसामा भेटिन्छन्। हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसनी देखिएन ।'