धनगढी । कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ०८ स्थायी घर भई हाल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ०५ मा बसोबास गर्दै आएका वर्ष ४५ का प्रेम भन्ने सुरज थापालाई पक्राउ गरेको हो ।
२०६५ भदौ ७ गते घटना भएको थियो । घटनापछि उनी घट्नास्थलबाटै फरार रहेका थिए । लामो समयदेखि फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा निजकै घरठेगानाबाट फेला पारेर पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।