काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।
हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।
यसअघि हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो।
बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेका थिए ।