Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका यातायात कार्यालयमा दुःख दिने १४ जना बिचौलिया पक्राउ

काठमाडौंका यातायात कार्यालयमा दुःख दिने १४ जना बिचौलिया पक्राउ

बुधवार , पौष ९, २०८२

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न यातायात व्यवस्था कार्यालयमा प्रहरीले विशेष स्विप अपरेसन सञ्चालन गर्दै १४ जना बिचौलियालाई पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, गुर्जुधारा काठमाडौं तथा यातायात ट्रायल सेन्टर दक्षिण ढोका लगायतका स्थानमा बिचौलियाको काम गर्दै सेवाग्राहीलाई दुःख हैरानी दिने र कार्यालयको नियमित कामकारबाहीमा अवरोध पुर्‍याइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले अपरेसन सञ्चालन गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले लाइसेन्स, नवीकरण, ट्रायल लगायतका सेवामा छिटो गराइदिने प्रलोभन देखाई अवैध रकम असुल गर्ने र कर्मचारीसँग सेटिङ मिलाएको आरोप छ।

नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077