काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन अनिश्चित बन्दै गइरहेको छ । विघटित प्रतिनिधिसभालाई नै पुनस्र्थापना गनुपर्नेमा राजनीतिक दलको ध्यान केन्द्रित भएको छ ।
सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने काम पनि सुस्त देखिएकाले निर्वाचन अनिश्चित बन्दै गइरहेको छ ।
निर्वाचन गराउन सबै शक्ति केन्द्रित गरेको सरकारले राजनीतिक दलका शीर्ष नेतृत्वसँगको संवादमा चासो नदेखाएको, निर्वाचनको तयारीभन्दा प्रतिनिधिसभा पुनस्र्थापनामा कांग्रेस एमालेले जोड दिएको, जेनजी अभियन्ताबाटै प्रधानमन्त्री कार्कीको राजीनामा मागिएको, नागरिक समाजसमेत कार्कीको विपक्षमा उभिँदै गएको जस्ता कारण निर्वाचनको माहोल कमजोर बन्दै गएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध अहिले जेनजी युवाहरू आन्दोलनमा छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीकै माग पूरा गर्न नसकेको र राजनीतिक दललाई विश्वासमा नलिएकाले २१ फागुनमा हुने भनिएको निर्वाचनको पक्षमा उभिन नसक्ने उनीहरूको चेतावनी छ । राजधानी दैनिकबाट