Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा र ओली भेटेकै दिन बालेन-रविबीच वार्ता

देउवा र ओली भेटेकै दिन बालेन-रविबीच वार्ता

मंगलवार , पौष ८, २०८२

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । सोमबार काठमाडौंमा दिनभर विभिन्न दलका शीर्ष नेताबीच भएका भेटघाटले राजनीतिक वृत्तमा तरंग ल्याएको हो ।

सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

एमालेले लामो समयदेखि संसद् पुनर्स्थापनाको माग गर्दै आएको छ भने कांग्रेसले पनि त्यसमा सहमति जनाउँदै आएको छ । यही सन्दर्भमा देउवा–ओली भेटलाई आगामी राजनीतिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब सात घण्टा लामो छलफल भएको छ ।

भेटमा मुख्यतः आउँदो निर्वाचन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । दुवै नेता तोकिएको समयमै निर्वाचन हुनुपर्ने अडानमा छन् ।

रवि र बालेनलाई परिवर्तन र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा हेर्नेहरूका लागि उनीहरूको भेटलाई अर्थपूर्ण मानिएको छ। कतिपयले दुवै नेता मिलेर अघि बढ्नुपर्ने माग गर्दै आएका बेला भएको यो भेटले भविष्यमा सहकार्यको सम्भावनाबारे अड्कलबाजी बढाएको छ।

सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। मिति नजिकिँदै जाँदा ठूला दलदेखि नयाँ शक्तिसम्म सक्रिय बन्दै गएको देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077