Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४ अंकले घट्यो नेप्से‚ कति भयो कारोबार ?

१४ अंकले घट्यो नेप्से‚ कति भयो कारोबार ?

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेप्से १३.८८ अंक घटेको छ । सोमबार सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।

आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो ।

जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशत घट्यो ।

जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशत घटे । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशत मूल्य बढ्यो ।

मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशत घट्यो । त्यस्तै लक्ष्मी लघुवित्तको ५.५८, स्वस्तिक लघुवित्तको ५.५१ तथा तेह्रथुम पावरको ५.२० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर तथा सिटिजन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077