काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक जस्तोसुकै संकटमा परे पनि त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने बताएका छन् ।
सोमबार बिहान कार्यकर्तालाई सम्बोधन गर्दै थापाले उत्तेजनामा देशलाई धकेल्न सजिलो भए पनि सम्हाल्न गाह्रो हुने भन्दै कांग्रेसलाई ‘राष्ट्रिय शक्ति’ का रूपमा प्रस्तुत गरेका हुन् ।
'उत्तेजनामा ल्याउन सहज हुन्छ, सम्हाल्न गाह्रो हुन्छ । बंगलादेश फेरि युद्धमा फस्दैछ । हामी पनि बीचबीचमा यस्तो अवस्था बेहोर्दै आएका छौँ,' उनले भने, 'कांग्रेस भनेको राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्ति चुनावले निर्धारण गर्छ ।'
भदौ २४ को घटनामा घर जलाइएपछि आफू डेराविहीन बनेको पीडा पनि थापाले सुनाए ।