Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमबाट सरकारलाई गगन थापाको चेतावनी - लोकतन्त्रलाई नियन्त्रणतन्त्र बनाउन खोजिए कांग्रेस चुप लाग्दैन

सुदूरपश्चिमबाट सरकारलाई गगन थापाको चेतावनी - लोकतन्त्रलाई नियन्त्रणतन्त्र बनाउन खोजिए कांग्रेस चुप लाग्दैन

शनिवार , बैशाख २६, २०८३

धनगढी । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले लोकतन्त्रलाई ‘नियन्त्रणतन्त्र’ मा रूपान्तरण गर्न खोजे कांग्रेस सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।

शनिबार आयोजित नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकारका गलत कदमविरुद्ध कांग्रेस सतिसालझैँ अडिग भएर उभिने बताए ।

उनले सरकारका सकारात्मक काममा कांग्रेसले सहयोग गर्ने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र संवैधानिक व्यवस्थामाथि हस्तक्षेप स्वीकार्य नहुने बताए ।

‘सरकारले ठीक काम गर्छ भने कांग्रेस साथ दिन्छ । तर सरकारले लोकतन्त्रलाई नियन्त्रणतन्त्र बनाउन खोज्छ भने कांग्रेस त्यसको विरोधमा दृढतापूर्वक उभिन्छ,’ थापाले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077