Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतवार , पौष ६, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.९२ अंकले घटेर बजार नेप्से २५९४.८७ विन्दुमा बन्द भएको छ ।

आज कुल ३४५ कम्पनीको कारोबार भयो, जसमा ४३ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो ।

म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । नेप्सेका अनुसार एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ७० हजार ५७६ पटक किनबेच हुँदा चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, सिटिजन्स बैंक डिबेन्चर, नेपाल एसबीआई डिबेन्चर र केबीएल डिबेन्चरको मूल्य सर्वाधिक बढेको छ ।

यता, सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी विकास बैंक, अपर स्याङ्गे हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले घाटा व्यहोरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077