काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन् ।
बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएको छ ।
उनीहरूबीचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ ।
पुस २६ गते केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।