Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने चेष्टा थियो, प्रतिनिधिले ध्वस्त पारे : अध्यक्ष ओली

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने चेष्टा थियो, प्रतिनिधिले ध्वस्त पारे : अध्यक्ष ओली

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको टिप्पणी गरेका छन् ।

तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै बिहीबार महाधिवेशन स्थलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफ्नो नेतृत्वलाई स्वीकार गरेर प्रतिनिधिहरूले विरोधीहरूको भ्रमलाई जवाफ दिएको बताए ।

‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिजाउने, मनोवैज्ञानिक आतंक र त्रास सिर्जना गर्ने, अनेक प्रकारका जालझेल र षड्यन्त्र भए,’ ओलीले भने, ‘ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले धोस्त पार्नुभएको छ। यस चेतनाका लागि म धन्यवाद भन्न चाहन्छु।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077