Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र छविको मुद्दामा सुनुवाइ सुरु, आजै आदेश आउने सम्भावना

रवि र छविको मुद्दामा सुनुवाइ सुरु, आजै आदेश आउने सम्भावना

बिहिवार , पौष ३, २०८२

रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमा सुनुवाइ सुरु भएको छ ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ सुरु भएको हो ।

सुप्रिम सहकारीमा भएको ठगीको मुद्दामा लामिछाने र छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागमा पर्ने रकम बराबरको धरौटी राखी थुनामुक्त हुन निवेदन दिएका थिए । तर रुपन्देही जिल्ला अदालतले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि लामिछाने त्यसै निवेदनको पुनरावेदन लिई आफ्नो भागमा परेको रकम तिरेर थुनामुक्त हुन पाउ भन्दै निवेदन लिएर उच्च अदालत बुटवल पुगेका थिए । तर लामिछानेविरुद्ध संगठित अपराधमा समेत मुद्दा दायर भएकाले थुनामुक्त गर्न नसकिने भन्दै लामिछानेको निवेदन रुपन्देही जिल्ला अदालतले खारेज गरिदिएको थियो ।

यसअघि गत मंसिर २५ गतेको पेसीमा लामिछानेको निवेदन न्यायाधीशद्वय सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा परेको थियो । तर विष्टले लामिछानेको मुद्दा हेर्न नमिल्ने भएपछि उक्त दिनको पेसी स्थगित भएको थियो । त्यसभन्दा अगाडि मंसिर ४ गते र मंसिर ११ गतेको पेसी भने निवेदकको कानुन व्यवसायीबाटै स्थगित गरिएको थियो ।

लगातार तीन पटक सुनुवाइ हुन नसकेको पेसी बिहीबार भने न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा परेको हो ।

बिहीबार अन्य आदेश नभएको अवस्थामा लामिछानेको निवेदनमाथि आदेश आउने छ । आदेशमा धरौटी लिई थुनामुक्त गर्नु भन्ने आदेश आएमा लामिछाने थुनामुक्त हुनेछन् भने जिल्लाकै आदेश सदर भएमा उनी थुनामै रहेर मुद्दा लड्नुपर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077