Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ६ अंकले बढ्यो, कति भयो कारोबार ?

नेप्से ६ अंकले बढ्यो, कति भयो कारोबार ?

बुधवार , पौष २, २०८२

काठमाडौं। आज नेप्से ५.७० अंकले बढेको छ । ०.२१ प्रतिशतले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेको छ।

आज ३३२ कम्पनीको ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज होटेल तथा पर्यटन‚ निर्जीवन बिमा र व्यापार समूहको सूचक घट्दा बाँकी १० वटै समूहका सूचक बढे। नेप्सेमा आज १४३ कम्पनीको मूल्य बढ्यो‚ १०४ वटाको घट्यो भने ११ को स्थिर रह्यो।

आज पनि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम कारोबार मूल्य २८१६ रुपैयाँ रह्यो। स्वस्तिकको सेयर मूल्यमा यो साता लगातार सकारात्मक सर्किट लागिरहेको छ अर्थात् १० प्रतिशतले बढेको छ। यस्तै बाराही हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्यो। बाराहीको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँ रह्यो।

आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको सेयरको कारोबार भयो।

आज यस कम्पनीको २२ करोड ७५ लाख ५० हजार ८४४ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५०५ रुपैयाँ कायम रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077