Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेल भन्छन्- हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ

शंकर पोखरेल भन्छन्- हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् ।

एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्- 'पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार  हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।'

आज काठमाडौँको भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ भने उनीहरूकै प्यानलबाट उपाध्यक्ष, महासचिवसहित अन्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचनमा २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077