काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूभागबाट एकजना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन् ।
योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित सबै प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला २ जनाको कोटा निर्धारण भएको एमालेले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरू गरेका छन् ।