Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२ अंकले घट्यो नेप्से, चार अर्बको कारोबार

१२ अंकले घट्यो नेप्से, चार अर्बको कारोबार

आइतवार , मंसिर २८, २०८२

काठमाडौं। साताको पहिलो कारोबार दिन आज  नेप्से १२.५० अंकले घटेको छ।

०.४७ प्रतिशतले घटेको नेप्से २२९४.८७ विन्दुमा अडिएको छ।

आज ३३० कम्पनीको ६० हजार ६९९ पटकको कारोबारमा एक करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज वाणिज्य बैंक र म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटे। वाणिज्य बैंक समूहको ०.११ प्रतिशत र म्युचुअल फन्डको सूचक ०.१० प्रतिशतले बढ्यो।

जलविद्युत् ०.९३, जीवन बिमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, निर्जीवन बिमा ०.२९ तथा व्यापार ०.५९ प्रतिशतले घटे। यसैगरी विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटेल तथा पर्यटन ०.८८, लगानी ०.६५, माइक्रोफाइनान्स ०.२७ तथा अन्य ०.५९ प्रतिशत घटे। यसैगरी लघुवित्त समूहको सूचक ०.२७ प्रतिशतले घट्यो। नेप्सेमा आइतबार ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो।

चार स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम कारोबार मूल्य २११५.५० रुपैयाँ रह्यो।

आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको प्रमोटर सेयरको कारोबार भयो। आज यस कम्पनीको २६ करोड १८ लाख ५५ हजार ९३० रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १०५ रुपैयाँ कायम रह्यो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077