काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष रूपमा उपस्थिति नहुने भएका छन् ।
उनले बुधबार नै टेलिफोनमार्फत शुभकामना सन्देश पठाइसकेका छन् ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डको कर्णाली प्रदेशमा पहिल्यै तय भइसकेको एकता सन्देशसभाका कारण महाधिवेशनमा भौतिक उपस्थिति सम्भव नभएको हो ।
कर्णाली प्रदेशमा भोलिको एकता सन्देशसभा पहिले नै तय भएकाले प्रचण्ड सहभागि नहुने बताइएको छ ।
एमालेको महाधिवेशनमा विभिन्न शीर्ष नेता तथा दलका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरिरहेका बेला प्रचण्डको अनुपस्थिति राजनीतिक वृत्तमा चर्चा बनेको छ।
प्रचण्डले टेलिफोनमार्फत भने पनि शुभकामना दिएर राजनीतिक शिष्टाचार निर्वाह गरेको सचिवालयले जनाएको छ।