Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

शुक्रवार , मंसिर २६, २०८२

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका-४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको हो ।

मित्याल-अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी-४, च्युरीबास नजिकै एकलफोक्सिंङ भन्ने स्थानमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077