Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरुसँग छलफल गर्दै

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरुसँग छलफल गर्दै

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्।

अध्यक्ष ओलीले आज दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया गर्न लागेका हुन् ।

एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा महाधिवेशनका सन्दर्भमा आगामी योजना र रणनीति सार्वजनिक गर्दै छन्।

बुधबार ईश्वर पोखरेलले पनि सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए। अध्यक्ष ओलीले आज आफूलाई प्रस्तुत गर्न लागेका हुन्।

एमालेले यही २७–२९ मंसिरमा भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन गर्न लागेको छ ।

उद्घाटन सत्र सल्लाघारीमा बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तय गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077