काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं-४ बाट एकल सिफारिस गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति श्यामकृष्ण संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए ।
संगतका अनुसार, प्रत्यक्षतर्फ थापाको नाममा पूर्ण सहमति जुटेको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक सूचीमा राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा परेका छन् ।
यसअघि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही-४ र धनकुटाबाट पनि सिफारिस भएको थियो ।
थापा काठमाडौं–४ बाट तीन पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।