Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोवा नाइट क्लब आगलागी:  चार नेपालीसहित २५ जनाको मृत्यु

गोवा नाइट क्लब आगलागी:  चार नेपालीसहित २५ जनाको मृत्यु

सोमवार , मंसिर २२, २०८२

एजेन्सी । भारतको गोवामा एक नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीसहित २५ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा चार जना नेपालीसहित २० जना कर्मचारी रहेको गोवा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चुर्णबहादुर, सबिन, विवेक कटवाल र सुदीप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुको नाम खुलेको भएपनि ठेगाना भने खुलाइएको छैन।

नेपाली बाहेक चार जना पर्यटक दिल्लीका रहेका छन् भने एक जना कर्नाटकका पर्यटक हुन्।​

शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

गोवा पुलिसले क्लब मेनेजरसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ।

सरकारले मृतकका परिवारलाई तत्काल पाँच लाख दिने घोषणा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077