Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्द्रको बाबु चन्द्रे प्रधानमन्त्री भए पनि यो व्यवस्थाले माखो नमार्ने ज्ञानेन्द्र शाहीको दाबी

इन्द्रको बाबु चन्द्रे प्रधानमन्त्री भए पनि यो व्यवस्थाले माखो नमार्ने ज्ञानेन्द्र शाहीको दाबी

शनिवार , मंसिर २०, २०८२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले वर्तमान शासकीय संरचना, नेतृत्व मोडेल र संविधानका केही प्रावधानहरू नै देशको राजनीतिक तथा प्रशासनिक अवस्थाको मूल समस्याका रूपमा रहेको दाबी गरेका छन् ।

रत्नपार्कमा हुने विरोध प्रदर्शनको पूर्वसन्ध्यामा नागार्जुन र चन्द्रागिरी नगरपालिकाको संयुक्त तयारी भेलामा बोल्दै शाहीले 'प्रदेश संरचना खारेजी नै एकमात्र विकल्प' भएको बताएका हुन् ।

उनका अनुसार देशमा भएका परिवर्तनहरूले जनताले अपेक्षा गरेको सुशासन, सेवा प्रवाह र स्थिरता दिन नसकेको र संघीय ढाँचाले झन् खर्चिलो, जटिल र असक्षम शासन व्यवस्थाको रूप लिएको छ।

नेता शाहीले संबोधनमा वर्तमान संविधान र शासन प्रणाली नै मुलुकमा सुधार नहुँदो मुख्य कारण रहेको दाबी गरे।
उनले कटाक्ष गर्दै भने, 'जबसम्म संविधानको धारा २८४ लगायत भागबण्डा र राजनीतिक हस्तक्षेपलाई प्रश्रय दिने प्रावधानहरू खारेज हुँदैनन्, तबसम्म इन्द्रका बाबु चन्द्रे प्रधानमन्त्री भए पनि केही गर्न सकिँदैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077