Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : देउवाको उत्तराधिकारी बन्न दर्जन नेताको दौडधुप

कांग्रेस महाधिवेशन : देउवाको उत्तराधिकारी बन्न दर्जन नेताको दौडधुप

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन मिति टुंगो लागेसँगै सभापति र महामन्त्रीसहितका महत्वपूर्ण पदमा उम्मेदवारी घोषणादेखि प्रचार र प्यानल निर्माण कसरत सुरु भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवादेखि कोइराला र नेतृत्व हस्तान्तरण पक्षधरका प्यानल र प्रचारले तीव्रता पाएको छ । नेपाली कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट लगातार दुई कार्यकाल सभापति भएका शेरबहादुर देउवा पार्टी विधानअनुसार १५औं महाधिवेशनमा पुनः सभापति हुन पाउँदैनन् ।

जेनजी आन्दोलनका क्रममा पनि देउवालाई टार्गेट गरिएपछि उनले पुनः सभापति नहुने घोषणा नै गरिसकेका छन् । देउवानिकट मानिने नेताहरूले आफूलाई उत्तराधिकारी प्रमाणित गर्दै सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आउँदो २६ देखि २८ पुसमा १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङसहितका नेताले १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणासहित आन्तरिक तयारीमा जुटेका छन् ।

यस्तै, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेता समेत सभापतिमा उम्मेदवारी दिने विषयमा आफूनिकटका नेताहरूसँग छलफलमा छन् । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077