Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदनसँग रवि लामिछानेले भने- ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

सुदनसँग रवि लामिछानेले भने- ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको गुनासो गरेका छन् ।

आज कारागार भेट्न पुगेका गुरुङसँग भएको एक घण्टा लामो कुराकानीका क्रममा लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको बताएका हुन् ।

भेटबारे जानकारी गराउँदै गुरुङले भने- 'उहाँले आफूमाथि राज्यले आफूमाथि प्रतिशोध साँधेको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।'

लामिछानेले अहिले चलिरहेको ‘जेनजी युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए ।

रविलाई उद्धृत गर्दै गुरुङले भने-  'बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस्।'

रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए ।

साथै उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबीचको एकताका विषयमा समेत छलफल भएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077