Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेल र ओलीबीच ३ घण्टा भेटवार्ता, के-के भयो कुराकानी ?

ईश्वर पोखरेल र ओलीबीच ३ घण्टा भेटवार्ता, के-के भयो कुराकानी ?

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणापछि पोखरेल आफ्नो समूहका नेताहरू लिएर भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवास पुगेका हुन् ।

पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए ।

भेटवार्ता करिब ३ घण्टासम्म चलेको थियो ।

महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विभिन्न जिल्लाहरूमा विवाद भएको सन्दर्भलाई लिएर भेटवार्ता केन्द्रित थियो।

त्यसको समाधानबारे पोखरेलसहित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।

उपाध्यक्ष पोखरेलले यसअघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077